हार्दिक धन्यवाद तथा आभार
यस सम्मेलनलाई भव्य, सभ्य र ऐतिहासिक रूपमा सफल पार्न प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुहुने सम्पूर्ण महानुभाव तथा संघसंस्थाहरूप्रति कैलाली बहुमुखी क्याम्पस परिवार हार्दिक धन्यवाद तथा कृतज्ञता व्यक्त गर्दछ।
विशेष गरी, यस गरिमामय अवसरमा आफ्नो अमूल्य समय, साथ, सहयोग, मार्गदर्शन र प्रेरणा प्रदान गर्नुहुने निम्न व्यक्तित्व तथा निकायहरूप्रति हामी सदैव आभारी रहनेछौँ:
माननीय मुख्यमन्त्रीज्यू, सुदूरपश्चिम प्रदेश सरकार
उपाध्यक्षज्यू तथा माननीय सदस्यज्यूहरू, राष्ट्रिय योजना आयोग
माननीय आनन्द चन्दज्यू
उपकुलपतिज्यू, रजिस्ट्रारज्यू, डीनज्यूहरू तथा निर्देशकज्यूहरू, (सुदूरपश्चिम विश्वविद्यालय)
पदाधिकारीज्यूहरू, नेपाल चेम्बर अफ कमर्स, प्रदेश चेम्बर अफ कमर्स तथा कैलाली चेम्बर अफ कमर्स
जनप्रतिनिधि एवं कर्मचारीज्यूहरू, धनगढी उपमहानगरपालिका, बडीमालिका नगरपालिका तथा पञ्चेश्वर गाउँपालिका
प्रमुख एवं प्रतिनिधिज्यूहरू, विभिन्न बैंक तथा वित्तीय संस्थाहरू
प्रतिनिधिज्यूहरू, उद्योगी, व्यवसायी तथा निजी क्षेत्र
क्याम्पस प्रमुख, प्राध्यापक तथा शिक्षाविद्ज्यूहरू, विभिन्न क्याम्पस तथा शैक्षिक संस्थाहरू
सम्पूर्ण प्राध्यापक, कर्मचारी तथा विद्यार्थीहरू, कैलाली बहुमुखी क्याम्पस
नवउद्यमीहरू, लगानीकर्ताहरू, अतिथिज्यूहरू, सञ्चारकर्मी मित्रहरू तथा सम्पूर्ण शुभेच्छुक महानुभावहरू
तपाईंहरूको यो रचनात्मक साथ, सहयोग र सक्रिय सहभागिताले सुदूरपश्चिम प्रदेशमा उद्यमशीलताको नयाँ युगको सुरुवात गर्न ठूलो ऊर्जा र हौसला प्रदान गरेको छ। आगामी दिनहरूमा पनि यस्तै सहकार्यको अपेक्षा गर्दछौँ।#SudurpaschimStartupSummit #KailaliMultipleCampus #StartupNepal #Entrepreneurship #Dhangadhi #ThankYou #GrandSuccess