छात्रवृत्तीका लागि निवेदन पेश गर्ने म्याद थप सम्बन्धी सूचना ।
उपरोक्त सम्बन्धमा शैक्षिक सत्र् २०८०/८१ मा यस क्याम्पसको स्नातकोत्तर तह र स्नातक तह, प्रथम सेमेष्टरको विभिन्न संकायमा अध्ययनरत विद्यार्थीहरुले सु.प.वि.को आन्तरिक कार्य व्यवस्थापन सम्बन्धी कार्यविधि, २०७८ को परिच्छेद ३ दफा २५ अनुसार छात्रवृत्तिका लागि आवेदन पेश गर्न छुट भएका विद्यार्थीहरुले निम्न कागजातहरु सहित मिति २०८०/१२/१६ गतेसम्म छात्रवृत्ति आवेदन फाराम भरी कार्यालय समय भित्र क्याम्पस प्रशासनमा बुझाउन हुन सूचित गरिन्छ ।