सुदूरपश्चिम विश्वविद्यालय, व्यवस्थापन संकाय, डीनको कार्यालयद्वारा शैक्षणिक सत्र २०८३/०८४ मा Bachelor in Business Administration (BBA) कार्यक्रममा नयाँ विद्यार्थी भर्नाका लागि मिति २०८३/०४/१७ गते सञ्चालन गरिएको प्रवेश परीक्षाको नतिजा (Merit List) प्रकाशन भएको छ।
उक्त प्रवेश परीक्षामा उत्तीर्ण भई योग्यता सूची (Merit List) मा नाम समावेश हुन सफल हुनुभएका सम्पूर्ण विद्यार्थीहरूलाई कैलाली बहुमुखी क्याम्पस परिवार हार्दिक बधाई ज्ञापन गर्दै उच्च शिक्षा यात्राको सफलताको शुभकामना व्यक्त गर्दछ।