Have you any question?

091521223

kailali@fwu.edu.np

Notice Detail

BHM (Bachelor of Hotel Management) भर्ना सम्बन्धी प्रवेश परीक्षाको नतिजा (Merit List) तथा भर्ना सम्बन्धी सूचना

  • By / Admin
  • Aug 20, 2026
  • Notice for: All

सुदूरपश्चिम विश्वविद्यालय, व्यवस्थापन संकायद्वारा शैक्षणिक सत्र २०८३/८४ मा Bachelor of Hotel Management (BHM) कार्यक्रममा नयाँ भर्नाका लागि मिति २०८३/०४/१६ गते सञ्चालन भएको प्रवेश परीक्षाको नतिजा (Merit List) प्रकाशन गरिएको छ।

प्रवेश परीक्षामा उत्तीर्ण भई Merit List मा नाम परेका विद्यार्थीहरूले मिति २०८३/०४/२० गतेदेखि २६ गतेसम्म नेपाल बैंक लिमिटेडमा रहेको क्याम्पसको खाता नं. १३७००१००१६२८५५०००००१ मा भर्ना शुल्क, शिक्षण शुल्क र विश्वविद्यालय रजिष्ट्रेशन शुल्क सहित रु. ५१,०००/- (अक्षरेपी रु. एकाउन्न हजार मात्र) जम्मा गरी भर्ना हुन सूचित गरिन्छ।

विशेष द्रष्टव्य:

  • योग्यताक्रम (Merit List) अनुसार नाम परेका विद्यार्थीहरूले उल्लेखित समयावधिभित्र भर्ना गरिसक्नुपर्नेछ।

  • तत्पश्चात प्रतीक्षा सूची (Waiting List) मा रहेका विद्यार्थीहरू भर्नाका लागि योग्य हुनेछन्।

  • अभिमुखीकरण (Orientation) तथा कक्षा सञ्चालन कार्यक्रम: २०८२ कात्तिक २७ गते।