सार्वजनिक खरिद नियमावली, २०६४ को नियम १८ को उपनियम (१) बमोजिम यस क्याम्पसको आर्थिक वर्ष २०८३/८४ का लागि आवश्यक पर्ने विभिन्न मालसामान आपूर्ति, निर्माण कार्य, परामर्श सेवा तथा अन्य सेवाहरूका लागि इच्छुक रजिष्टर्ड फर्म, संस्था, व्यवसायी वा सेवा प्रदायकहरूलाई मौजुदा सूची (Standing List) मा दर्ता हुन आह्वान गरिन्छ। इच्छुक आवेदनकर्ताहरूले तल दिइएको लिङ्क वा फाराम डाउनलोड गरी, आवश्यक कागजातहरू संलग्न राखी क्याम्पस प्रशासनमा निवेदन पेश गर्नुहुन अनुरोध छ।
आवश्यक कागजातहरू (Required Documents Checklist)आवेदनको साथमा अनिवार्य रूपमा संलग्न गर्नुपर्ने कागजातहरू:
- फर्म/संस्था दर्ताको प्रमाणपत्र को प्रतिलिपि नवीकरण गरिएको प्रमाणपत्र को प्रतिलिपि
- मूल्य अभिवृद्धि कर (VAT) वा स्थायी लेखा नम्बर (PAN) दर्ता प्रमाणपत्र को प्रतिलिपि
- पछिल्लो आर्थिक वर्षको कर चुक्ता (Tax Clearance) प्रमाणपत्र को प्रतिलिपि
- सम्बन्धित कार्य गर्न आवश्यक पर्ने इजाजत पत्र (License) (यदि आवश्यक पर्ने भएमा