Have you any question?

091521223

kailali@fwu.edu.np

News Detail

  • By / Admin
  • Jan 19, 2021

कैलाली बहुमुखी क्याम्पस सुदूरपश्चिम विश्वविद्यालयमा समायोजन

कैलाली बहुमुखी क्याम्पस विधिवत रुपमा सुदूरपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पसको रुपमा समायोजन भएको छ।

सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति डाक्टर अम्मराज जोशी,राजिष्टार डाक्टर गोविन्दसिंह विष्ट र कैलाली बहुमुखी क्यामपसका क्याम्पस प्रमुख डाक्टर पदमराज जोशी, क्याम्पस सञ्चालन समितिका अध्यक्ष सुर्यबहादुर थापा, उपाध्यक्ष धनगढी उपमहानगरपालिका मेयर नृप वड, समायोजन कार्य दल संयोजक तथा पूर्व अध्यक्ष घनबहादुर शाहबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ। 

२०७७ पुस ३ गते सुदूरपश्चिम विश्वविद्यालयको सम्पन्न आठौं साधारण सभाले स्वीकृत गरेबमोजिम कैलाली बहुमुखी क्याम्पसलाई सुदूरपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पस बनाउने निर्णय गरिएको हो।

साभार्: महेन्द्रनगर पोष्ट