निःशुल्क तथा सहुलियतपूर्ण कक्षा: कैलाली बहुमुखी क्याम्पसका आर्थिक रूपमा विपन्न तथा जेहेन्दार २० जना विद्यार्थीहरूलाई पूर्ण निःशुल्क र १०० जना विद्यार्थीहरूलाई विशेष छात्रवृत्ति वा सहुलियत शुल्कमा लोकसेवा तयारी कक्षा उपलब्ध गराइनेछतयारी कक्षाका विषयहरू: लोकसेवा आयोग, शिक्षक सेवा आयोग, बैंक तथा वित्तीय संस्था, सार्वजनिक संस्थान, सुरक्षा निकाय लगायतका प्रतिस्पर्धात्मक परीक्षाका लागि अभिमुखीकरण तथा तयारी कक्षाहरू सञ्चालन गरिनेछतालिम र अनुसन्धान: दुवै संस्था मिलेर विद्यार्थी तथा शिक्षकहरूका लागि तालिम, कार्यशाला, गोष्ठी, नवप्रवर्तन तथा अनुसन्धानमूलक कार्यक्रमहरू सञ्चालन गर्नेछन्अवधि: यो समझदारीपत्र दुई वर्षका लागि लागू रहनेछ।